विप्लवलाई अर्थमन्त्रीको आग्रह 'आफैँ पराजित हुने काम नगरौं'

Mar 27, 2019 Merolagani

नवीन ढुंगाना । अर्थमन्त्री डा.युवराज खतिवडाले नेकपा विप्लव समूहलाई आसन्न लगानी सम्मेलन विथोल्ने गतिविधि फिर्ता लिन आग्रह गरेका छन्। चैत्र १५ र १६ गते हुने लगानी सम्मेलनले देशको आर्थिक विकासमा टेवा पुर्याउने भन्दै उनले देश विकासको समान उदेश्यमा बाधा नगर्न विप्लव समूहलाई आग्रह गरे।

सम्मेलनबारे जानकारी दिन अर्थ मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीको जिज्ञासामा जवाफ दिदैँ खतिवडाले यस्तो बताएका हुन् ।

लगानी सम्मेलन सबै नेपालीको साझा कार्यक्रम भएको भन्दै अर्थमन्त्री खतिवडाले देशमा लगानीको वातावरण नभए युवा विदेश भौतारिने दिन आउनसक्ने तिर विप्लव समूहको ध्यानाकर्षण गराए ।

''देशमा वातावरण छैन भने युवा विदेशिने अवस्था ल्याउन कसैले पनि चाहेको छैन् समान उदेश्यको साझा प्रयासमा सहयोग गर्न नेकपा विप्लव समूहलाई आग्रह गर्दछु'' डा. खतिवडाले  भने ।

देश सधै गरिबीको अवस्था रहिरहन नसक्ने भन्दै खतिवडाले जुन उधेश्य प्राप्तिका लागि लडिरहेका छौं त्यसको जग भत्काउने काम गर्न नहुने बताए । सम्मेलनलाई लक्षित गर्दै देशैभरको सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाइएको भन्दै अर्थमन्त्री खतिवडाले सम्मेलन सफलताको लागि सबैको साथ र सहयोगका अपरिहार्य रहेकाे बताए।

चैत्र १५ र १६ गते हुने सम्मेलनमा ४० देशका ६०० भन्दा बढी उच्च पदस्थ प्रतिनिधिमण्डल र विदेशी लगानीकर्ताको सहभागीता रहने लगानी बोर्डले जनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने सम्मेलनमा कृषि,जलविद्युत,उद्योग,पर्यटन,यातायात,सहरी पूर्वाधार एवं शिक्षा तथा स्वास्थ्य क्षेत्र सम्बन्धी ५० र निजी क्षेत्रका २७ गरी ७७ वटा परियोजनाहरु प्रस्तुत गरिने छ। सम्मेलनमा करिब १२ वटा विभिन्न समझदारी-पत्र तथा सम्झौतामा हस्ताक्षर हुने अर्थमन्त्री खतिवडाले जानकारी दिए ।                                                             

तर सरकारले स्वतन्त्र राजनीतिक गतिविधि गर्न आफ्नो पार्टीलाई प्रतिबन्ध लगाएको, देशैभरका आफ्ना नेता कार्यकर्तामाथि धरपकड गरेको भन्दै सोमबार नेत्र बिक्रम चन्द 'विप्लव'ले विज्ञप्ति निकालेर जुलुस, कोणसभा तथा नेपाल बन्दसम्मको कार्यक्रम सार्वजनिक गरेको छ।

बुधबार मुलुकभरका चोक-चोकमा जुलुस निकाल्ने, बिहीबार कोणसभा गर्ने, शुक्रबार मसाल जुलस निकाल्ने र शनिबार पूरै नेपाल बन्द गर्ने कार्यक्रम पार्टीले तय गरेको 'विप्लव'द्धारा जारी विज्ञप्तिमा भनिएको छ। लगानी सम्मेलनको दोस्रो तथा अन्तिम दिन विप्लव समूहले नेपाल बन्दको कार्यक्रम घोषणा गरेको छ। 

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।