'मेरो राजीनामा बजार हल्ला मात्रै': अर्थमन्त्री खतिवडा

Mar 05, 2019 Merolagani

अर्थमन्त्री डा.युवराज खतिवडाले आफ्नो राजीनामा सम्बन्धमा आएका हल्लाहरु बेठिक भएको बताएका छन् । मंगलबार अर्थ मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०७५/०७६ को बजेट अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक कार्याक्रममा बोल्दै डा.खतिवडाले राजीनामा 'बजार हल्ला मात्रै' भएको टिप्पणी गरे ।

''अघिल्लो पटक विश्व बैंकको कार्याक्रममा अमेरिकाको वासिङटनमा रहंदा रहंदा अर्थमन्त्री पदबाट हटाइए भनेर आफूले अमेरिकामा सुनेको'' प्रसगं निकाल्दै अर्थमन्त्री हाँसेका थिए । बजार हल्लाबारे कुरा गर्न स्वादिलो लाग्ने भन्दै अर्थमन्त्री खतिवडाले भने ''म देशको कुनै एउटा मिशनका लागि विदेशमा हुन्छु तर यस्ता हल्ला यता चलि हाल्छन् ।''

''यो पटक पनि देशको कुनै एक मिशनमा लागि विदेशमा थिए तर आफै राजीनामा दियो भनेर बजार हल्ला गरिएछ । अब अर्को पटक फेरी बजार हल्ला हुन्छ तर त्यौ चै कहिल्यै पद नछाड्ने भए बसिनै रहने भएर भनेर होला'' अर्थमन्त्री खतिवडाले भने ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।