नयाँ बर्षको नौ दिनमै १०८ अंकले बढ्यो नेप्से, ७ अर्ब ६२ करोडको कारोबार

Apr 25, 2019 Merolagani



नयाँ बर्ष २०७६ सुरु भएयता नौ कारोबार दिनमै नेप्से १०८ अंकले उकालो लागेको छ । यसअवधिमा ७ अर्ब ६२ करोड बढीको शेयर किनबेच भयो । वैशाख लागेपछि हालसम्म नौ कारोबार दिन खुलेको बजारमा तीन दिन अर्ब बढीको शेयर किनबेच भएको छ ।

गत चैत २८ गते विहीबार नेप्से ११८४.०२ अंकमा थियो । त्यसपछि नौ कारोबार दिनमा नेप्से सूचक १०८.१ अंकले उकालो लागेर वैशाख १२ गते विहीबार १२९२.१२ अंकमा पुगेको छ । नौ कारोबारमा दिनमा ७ अर्ब ६२ करोड बढीको शेयर किनबेच भएको थियो ।

वैशाख लागेयता कारोबार रकममा भने दैनिकजसो सुधार देखिएको छ । वैशाख लागे यताको नौ कारोबार दिनको अवधिमा तीन दिनको बजारमा एकैदिन अर्ब बढीको कारोबार भयो । वैशाख ८, ९ र १२ गते कारोबार रकम एकैदिन अर्ब नाघ्यो । यस अवधिमा सबैभन्दा धेरै वैशाख १२ गते विहीबार एक अर्ब ३५ करोडको शेयर किनबेच भयो ।

सामान्यता वैशाख जेठको समयलाई शेयर बजारको सिजनको रुपमा लिने गरिन्छ । यो अवस्थामा सूचीकृत धेरैजसो कम्पनीहरुले अघिल्ला आर्थिक बर्षको लाभांश वितरण गरिसकेका हुन्छन् । लाभांश समायोजन पछिको अवस्थामा शेयरको भाउ समेत कम हुने हुँदा नयाँ लगानीकर्ताले बजार प्रवेश गर्ने अवसरको रुपमा लिने हुँदा शेयर किनबेचमा तेजी आउने गर्छ ।

अर्कातर्फ यहि समयमा चालु आर्थिक बर्षको वित्तीय विवरण प्रकाशित हुने हुँदा तेस्रो विवरणको अध्ययनगरी चौथो विवरणको समेत आँकलनगरी चतुर लगानीकर्ता अहिलेनै लाभांश लेखाजोखागरी शेयर खरिद गर्नेगर्छन्। यसले गर्दा शेयरको माग बढ्दा भाउ बढ्ने गर्छ भने कारोबार रकममा समेत सुधार हुनेगर्छ ।

त्यस्तै आर्थिक बर्षको अन्तिम त्रैमासमा सरकारी बजेट खर्चको क्रममले तिब्रता पाउने हुँदा बजारमा तरलातको अवस्था सहज हुने गर्छ । जसले गर्दा शेयर बजारमा समेत लगानी बढ्नेगर्छ यसले कारोबारमा तेजी ल्याउने गर्छ ।

सरकारले शेयर बजार सुधारका लागि गरिरहेका काम र आगामी दिनमा गर्ने कामहरुको विकास क्रमको अवस्था हेरेर पनि लगानीकर्ताहरु बजार पस्ने र निस्कने गर्ने गर्छन् । आगामी बजेटको तयारीमा रहेको सरकारले विभिन्न छलफल र अन्र्तक्रियाका कार्यक्रम गरिरहेका बेला बजारका यावत समस्याहरु आगामी बजेट मार्फत सुल्झने विश्वासले समेत लगानीकर्ताको मनोबल बढ्दा बजारको रुप रङ फेरिने गरेको छ ।

 




विष्णु पौडेलको मुद्दामा ‘मोडस अपरेन्डी’को विकास भएको आशंकासहित चिट्ठोपत्र सम्बन्धी कसुर’ का फाइल झिकाउने आदेशपछि उच्च पदस्थहरु थप संशकित

Jul 01, 2026 01:54 PM

नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ प्रकरणले नेपाली राजनीति र कानुनी क्षेत्रमा नयाँ बहस सिर्जना गरेको छ ।