एलआईसी नेपालको खुद बीमा शुल्क १३ अर्ब माथि, खुद नाफा २० प्रतिशतले वृद्धि

Aug 14, 2019 11:16 AM Merolagani



लाइफ इन्स्योरेन्स कर्पोरेशन (LICN) नेपालले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १३ अर्ब ३४ करोड ७१ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा यो दुई अर्ब ९३ करोड ९८ लाख रुपैयाँले बढी हो ।

गत आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्सले १० अर्ब ४० करोड ७२ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो ।


यस अवधिमा इन्स्योरेन्सले लगानी, कर्जा तथा अन्य आयबाट ३ अर्ब ९८ करोड ५३ लाख रुपैयाँ, पुर्नबीमा कमिशन वापत २ करोड ७८ लाख ५७ हजार र बीमालेख धितोमा ९ अर्ब ३५ करोड ४ लाख रुपैयाँ कर्जा लगानी गरेर ८८ करोड ४६ लाख रुपैयाँ आम्दानी गरेको छ ।

यस अवधिमा इन्स्योरेन्सको खुद नाफा २०.०४ प्रतिशतले सुधार भएर १६ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको हो । गत वर्षको यही अवधिमा १३ करोड ४५ लाखरुपैयाँ खुद नाफा कमाएको थियो ।

चुक्ता पूँजी एक अर्ब ४९ करोड ४८ लाख रुपैयाँ रहेको इन्स्योरेन्सको जगेडा कोषमा ९३ करोड ७९ लाख रुपैयाँ, जीवन बीमा कोषमा ५४ अर्ब १ करोड ३० लाख रुपैयाँ र महा बिपत्ती कोषमा २३ करोड ६२ लाख रुपैयाँ सञ्चित छ ।

कूल १३ अर्ब ४१ करोड ११ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको इन्स्योरेन्सको ७ लाख ९४ हजार ४५१ बीमालेख कायम छ । यस अवधि सम्ममा इन्स्योरेन्सले १६ हजार ६५८ वटा दाबी वापत ३ अर्ब ३९ करोड ११ लाख रुपैयाँ भुक्तानी गरेको छ भने १४ करोड ३३ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ।

इन्स्योरेन्सको प्रतिशेयर आम्दानी १० रुपैयाँ ८१ पैसा, प्रतिशेयर नेटवर्थ १७८ रुपैयाँ ५१ पैसा र मूल्य आम्दानी अनुपात १४८.०७ गुणा छ ।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।