आरम्भ माइक्रोफाइनान्सको बोनस घोषणा

Sep 22, 2019 11:06 AM Merolagani

आरम्भ माइक्रोफाइनान्स (AMFI) ले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई ८ प्रतिशत बोनस शेयर घोषणा गरेको छ। 

सञ्चालक समितिको असोज ५ गते सम्पन्न बैठकले ८ प्रतिशत बोनस र बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद लाभांश घोषणा गरेको हो।

लघुवित्त सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्।

सञ्चालक समितिको निर्णय अनुसार लघुवित्तले ४८ लाख बराबरको बोनस र दुई लाख ५२ हजार ६३२ रुपैयाँ बराबरको नगद लाभांश वितरण गनेृ भएको हो।

 

 

 

हाल ६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको बोनस शेयर पश्चात ६ करोड ४८ लाख रुपैयाँ चुक्ता पूँजी पुग्नेछ। आरम्भ माइक्रोफाइनान्स चौतारी लघुवित्तसँग मर्जर प्रकृयामा समेत रहेको छ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।