आइसिएफसि फाइनान्सले घोषणा गर्यो लाभांश

Nov 14, 2019 10:52 AM Merolagani



आइसिएफसि फाइनान्स (ICFC) ले आर्थिक वर्ष २०७५/२०७६ को मुनाफाबाट आफ्ना शेयरधनीलाई १३ प्रतिशत लाभांश घोषणा गरेको छ। फाइनान्सको कार्तिक २७ गते बुधबार बसेको २५४ औं बैंठकले उक्त लाभांश वितरण गर्ने घोषणा गरेको हो।

फाइनान्सले चुक्ता पूँजीको ५ प्रतिशत अर्थात ४ करोड ४१ लाख ८ हजार ६२० रुपैयाँ बराबरको बोनस शेयर तथा ८ प्रतिशत अर्थात ७ करोड ५ लाख ७३ हजार ७९२ रुपैयाँ नगद लाभांश गरी कूल १३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

फाइनान्सले घोषणा गरेको उक्त लाभांस राष्ट्र बैंकको  स्वीकृती तथा फाइनान्सको आगामी साधारण सभाबाट अनुमोदन भएपछि मात्र शेयरधनीले प्राप्त गर्नेछन्।

त्यसैगरी गत आर्थिक वर्षको चौथोे त्रैमासमा फाइनान्सले १३ करोड ८९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । फाइनान्सको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ७६ पैसा छ ।