नेपाल सेवा लघुवित्तको निष्क्रिय कर्जा घटेपछि नाफा धनात्मक

Nov 18, 2019 07:47 AM Merolagani



चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेड (NSEWA) को खुद नाफा ६ लाख ८५ हजार धनात्मक भएको छ। गत आर्थिक वर्षको यसै अवधिमा लघुवित्तको खुद नाफा १६ लाख ६९ हजार ऋणात्मक रहेको थियो।

समीक्षा अवधिमा लघुवित्तले निष्क्रिय कर्जामा उल्लेख्य सुधार गरेपछि नाफा धनात्मक हुन टेवा पुगेको हो। गत आर्थिक वर्षको असोज मसान्तसम्ममा ४.७७ प्रतिशत रहेको लघुवित्तको निष्क्रिय कर्जा चालु आर्थिक वर्षको सोही अवधिमा घटेर १.७० प्रतिशतमा सीमित भएको छ।

निष्क्रिय कर्जा घटेसंगै लघुवित्तले सम्भावित जोखिम बापतको व्यवस्थाका लागी छुट्याएको रकम पनि घटेको छ। गत आवको प्रथम त्रैमासमा लघुवित्तले सो व्यवस्थाबापत ६६ लाख रुपैयाँ छुट्याएकोमा चालु आवको सोही अवधिमा करिब १२ लाख मात्र छुट्याएको छ। असोज मसान्तसम्ममा लघुवित्तले २२ लाख ५० हजार रुपैयाँ खराब कर्जा सङ्कलन गर्न सफल भएको छ।

६ करोड चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ४१ लाख रुपैयाँ सञ्चित छ। लघुवित्तले असोज मसान्तसम्ममा ३२ करोड १२ लाख सापटी र ८ करोड ५ लाख निक्षेप सङ्कलन गरी ४६ करोड ४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। यसबापत लघुवित्तले ५८ लाख ८८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। लघुवित्तको यस्तो आम्दानी गत आवको सोही अवधिको तुलनामा ६ लाख बढी हो।

असोज मसान्तसम्ममा लघुवित्तको सञ्चालन मुनाफा भने ११ लाख ७२ हजार ऋणात्मक रहेको छ। कर्मचारी खर्च र अन्य सञ्चालन खर्च बढेका कारण सञ्चालन मुनाफा ऋणात्मक भएको हो।

लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी ४ रुपैयाँ ५७ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १०६ रुपैयाँ ८४ पैसा रहेको छ। लघुवित्तको मूल्य आम्दानी अनुपात ८४.१९ गुणा रहेको छ।

लघुवित्तले हाल ५ जिल्लामा १७ वटा शाखा कार्यालयमार्फत साढे ९ हजार ग्राहकलाई लघुवित्त सेवा दिइरहेको छ।




अर्थ मन्त्रालयले भन्याे 'अर्थमन्त्री पौडेल आक्रमणमा पर्नु भएको होइन'

Sep 10, 2025 11:55 AM

अर्थ मन्त्रालयले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आक्रमणमा नपरेकाे जनाएकाे छ । २०८२ साल भदौ २४ गते अर्थमन्त्री पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक भएकाे बताएकाे छ ।