फरवार्ड कम्युनिटीको लाभांश प्रस्ताव, नगद घटाएर बोनसमा जोड

Dec 02, 2019 11:24 AM Merolagani



फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स (FOWAD) ले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ। 

माइक्रोफाइनान्सको मंसिर १५ गते आइतबार बसेको सञ्चालक समितिको ८५ औं बैठकले चुक्ता पूँजीको ३२.५० प्रतिशतले हुन आउने १२ करोड २७ लाख ४३ हजार रुपैयाँ बराबरको बोनस शेयर र कर सहित १२.५० प्रतिशतले हुन आउने ४ करोड ७२ लाख ९ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

यसअनुसार कम्पनीले गत आर्थिक वर्षको कमाइबाट चुक्ता पूँजीको ४५ प्रतिशतले हुन आउने १६ करोड ९९ लाख ५२ हजार रुपैयाँ बराबरको लाभांश वितरण गर्नेछ।

प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र माइक्रोफाइनान्सको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन्। हाल ३७ करोड ७६ लाख ७२ हजार रुपैयाँ चुक्ता पूँजी रहेको माइक्रोफाइनान्सको बोनश वितरणपश्चात पूँजी ५० करोड ४ लाख रुपैयाँ पुग्नेछ।

 

अघिल्लो आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट २० प्रतिशत नगद र २५ प्रतिशत बोनस गरि कूल ४५ प्रतिशत लाभांश वितरण गरेको कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट भने नगद घटाएर बोनसमा जोड दिएको छ।

माइक्रोफाइनान्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ३१ करोड ४ लाख १२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।