विजय लघुवित्तको लाभांश संशोधन, नगद घटाएर बोनस बढायो

Dec 09, 2019 11:10 AM Merolagani



विजय लघुवित्त वित्तीय संस्था लिमिटेड (VLBS) ले गत आर्थिक वर्ष २०७५/७६ सम्मको सञ्चित मुनाफाबाट वितरण गर्ने घोषणा गरेको लाभांश संशोधन गरेको छ। मंसिर २२ गते बसेको लघुवित्तको सञ्चालक समितिको १०८ औँ बैठकले लाभांश संशोधन गर्ने निर्णय गरेको हो।

लघुवित्तले गत आर्थिक वर्षको मुनाफबाट हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ। 

यसअघि कात्तिक २३ गते बसेको लघुवित्तको १०६ औँ बैठकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ।

 

हाल लघुवित्तको चुक्ता पूँजी १९ करोड ४८ लाख रहेको छ। १५ प्रतिशत बोनस वितरण पश्चात लघुवित्तको चुक्ता पूँजी २२ करोड ४० लाख पुग्नेछ।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।