सामाजिक सुरक्षा कोषबारे भ्रमको खेती नगर्न कानुनविद बडालकाे सुझाव

Jan 14, 2020 05:22 PM Merolagani



सरकारले संचालन गरेको सामाजिक सुरक्षा कोषको योजनाबारे भ्रमको खेती नगर्न कानुनविद रमेश बडालले  सुझाव दिएका छन् । कानुनविद्  बडालले कोषको योजना अन्तर्गत पाउने सेवा सुविधा तथा दोहोरो करको बारेमा देखिएको असन्तुष्टिहरुले भ्रम फैलिएको अाराेप लगाएका छन्।

संचार केन्द्र नेपालले आयोजना गरेको सामाजिक सुरक्षा कोष भ्रम र वास्तविकता विषयक अन्र्तकृया कार्यक्रममा बोल्दै उनले श्रमिकहरुले पाँउदै गरेको सेवा सुविधा घट्ने र दोहोरो करको बारेमा एक समूहले भ्रम सिर्जना गरेको बताए ।

उनले श्रमिकहरुको कुनै पनि सेवा सुविधा नघट्ने र धेरै तलब खानेहरुलाई मात्रै दोहोरो करको भार पर्ने सक्ने भएकोले भ्रममा नपर्न आग्रह गरे । 'संचय कोष र सामाजिक सुरक्षा कोष दुबैमा लाग्ने कर एउटै हो । धेरै तलब खानेहरुलाई मात्रै आयकर ऐन अनुसार थप व्यवस्था हुन्छ, उनले भने ।

अहिले अाधारभूत तलब एक लाख २५ हजार खानेहरुको संख्या ६ हजार देखि ७ हजारको हाराहरीमा रहेको जानकारी गराउँदै उनले धेरै तलब खानेहरुको लागि दोहोरो करको समस्या रहेको प्रष्ट पारे । अरुलाई त्यस्तो समस्या नभएको बताउँदै उनले त्यस विषयमा पनि शंसोधन गनु पर्ने बताए ।

कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले दोहोरो करको बारेमा अर्थमन्त्रालयमा छलफल भईरहेको जानकारी गराए । संचय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोष भित्र बाझेका दफाहरु तयार गरेर ऐन नै संशोधन गर्ने गरी अघि बढाएको उनको भनाई छ ।

बिवादकाे बिषय निकालेर केही सरोकारवाला निकायहरु छलफलमा सहभागी नभएको उनले आरोप लगाए । 

यस्तै नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले बैंकहरु सामाजिक सुरक्षा कोषको योजना सहज रुपमा कार्यान्वयनको पक्षमा रहेको बताए ।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।