निरन्तर ४ दिनको वृद्धिपछि सामान्य करेक्सन, कारोबार रकम भने बढ्यो

Apr 18, 2021 03:25 PM Merolagani



निरन्तर ४ कारोबार दिनको वृद्धिपछि, आइतबार नेप्सेमा सामान्य करेक्सन देखिएको छ। अघिल्लो साताको बिहीबारदेखि उकालो लागेको नेप्से, यस दिन भने घटेको हो।

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ३५.८९ अंक घटेर २६९९.५१ विन्दुमा झरेको छ। पछिल्लो ४ कारोबार दिनमा नेप्से ६३.८४ अंक बढेको थियो। सोही वृद्धिको फाइदा उठाउन अल्पकालिन लगानीकर्ताहरुले प्रोफिट बुक गर्दा यस दिन नेप्सेमा करेक्सन देखिएको हो। यस दिन सेन्सेटिभ इण्डेक्स ६.२९ अंक घटेर ४८६.१६ विन्दुमा झरेको छ।

नेप्से ओरालो लागेपनि यस दिन कारोबार रकम भने केही बढेको छ। गत साताको अन्तिम कारोबार दिन ८ अर्ब ६३ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २०७ कम्पनीको ९३ हजार ५६८ पटकको कारोबारमा ८ अर्ब ८० करोड १८ लाख ३ हजार रुपैयाँ बराबरको १ करोड ९५ लाख २८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन बजारमा करेक्सन देखिएपनि ३ कम्पनीको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आइतबार महिला लघुवित्त वित्तीय संस्था, ज्योति लाइफ इन्स्योरेन्स र दिव्यश्वरी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, यस दिन नेपाल हाइड्रो डेभलोपर्सको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएका गुडविल फाइनान्सको शेयरमूल्य भने यस दिन ५ प्रतिशतभन्दा बढी घटेको छ।

आइतबार कारोबारमा आएका १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक घटेको छ भने म्युचुअल फण्ड उपसमूहको परिसूचक बढेको छ। यस दिन सो उपसमूहको परिसूचक ०.४६ प्रतिशत बढेको हो। व्यापार उपसमूहको परिसूचक यस दिन सर्वाधिक ३.२७ प्रतिशत घटेको छ। त्यसैगरी, होटल तथा पर्यटन उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने बैंकिङ्ग, विकास बैंक, हाइड्रोपावर, फाइनान्स, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन एभरेष्ट बैंक लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ८७ करोड ६२ लाख ९९ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको ५५ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।