राधीको शेयरमूल्य समायोजन

Jun 29, 2021 08:02 AM Merolagani



असार १५ गते, मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा राधी विद्युत कम्पनी (RADHI) को शेयरमूल्य समायोजन भएको छ। कम्पनीले साधारण सभा प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरि नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले कम्पनीको ३६.५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात कम्पनीको शेयरमूल्य ८२१ रुपैयाँ कायम भएको छ। नेप्सेले अघिल्लो दिनको अन्तिम मूल्यका आधारमा मूल्य समायोजन गरेको हो। सोमबार कम्पनीको शेयर १ हजार १२० रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

कम्पनीले असार २९ गते, आफ्नो केन्द्रिय कार्यालय, त्रिपुरेश्वरमा सो सभा डोकेको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ भने सभामा सहभागिताको लागि जुम आईडी र पासवर्ड उपलब्ध गराइने कम्पनीले बताएको छ।

सभाले चुक्ता पूँजीको ३६.५ प्रतिशत ९कर बाहेक० बोनस शेयर वितरण गर्ने र बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको १४७.५२ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै नियामक निकायहरुको निर्देशनमा प्रबन्धपत्र तथा नियमावलीका प्रस्तावित संशोधनहरुमा परिमार्जन तथा थपघट गर्न आवश्यक भएमा सो गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ।




कुन हाइड्रोपावर के फन्डाले बढिरहेको छ ?

Jun 24, 2025 06:21 AM

सोमबार नेप्सेमा ६ अर्ब ४७ करोड रुपैयाँको शेयर कारोबार हुँदा हाइड्रोपावर कम्पनीको मात्रै ४ अर्ब ३३ करोड भन्दा बढी रुपैयाँको शेयर कारोबार भयो । यो भनेको झन्डै ६७ प्रतिशत हो ।