यस दिन नेप्से सूचक ४.१३ अंकले घटेर २८२३.८७ विन्दुमा झरेको छ भने सेन्सेटिभ सूचक पनि १.३२ अंकले घटेको छ।
कारोबार रकम भने निरन्तर घट्दो क्रममा देखिएको छ। केहि समय अघि १९ अर्बसम्म पुगेको कारोबार रकम बुधबार घटेर ६ अर्बभन्दा तल झरेको छ। यो अघिल्लो दिन मंगलबारको तुलनामा पनि कम हो।
यस दिन नेप्सेले २८०० काे मनाेवैज्ञानिक टेवा विन्दुलाइ परीक्षण गरेकाे देखिन्छ। काराेबार अवधिभर नेप्सेले बारम्बार साे टेवा विन्दुलाइ परीक्षण गर्दै अन्त्यमा साे विन्दुभन्दा माथि बन्द भएकाे छ।
बुधबार २२० वटा कम्पनीको १ करोड ६२ लाख ४८ हजार १०० कित्ता शेयर ५ अर्ब ८३ करोड ८५ लाख ५१ हजार ४३५ रुपैयाँमा खरिदबिक्री भएको छ।
बजारमा मसान्तको प्रभाव र आगामी मौद्रिक नीतिको कारण लगानीकर्ता 'पर्ख र हेर' को अवस्थामा रहँदा कारोबार रकम बढ्न नसकेको जानकारहरू बताउँछन्।
यस दिन कारोबारमा आएका १३ वटा उपसमूहकमध्ये ६ उपसमूहको सूचक सकारात्मक देखिएको छ भने बाँकी ७ उपसमूहको सूचक नकारात्मक छ।
बुधबार फाइनान्स र विकास बैंक उपसमूहको सूचक सबैभन्दा धेरै बढेको छ। फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै ५.८१ प्रतिशतले बढेको छ भने विकास बैंक उपसमूहको सूचक पनि ३.३७ प्रतिशतले बढेको छ।
बुधबार शेयरमूल्य बढ्ने कम्पनीको शीर्ष स्थानमा अधिकांश फाइनान्स र विकास बैंक रहेका छन्। पोखरा फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने सेन्ट्रल फाइनान्सको ९.९७ प्रतिशत, नेपाल फाइनान्सको ९.८६ प्रतिशत, मल्टिपर्पस फाइनान्सको ९.७५ प्रतिशत, र प्रोगेशिभ फाइनान्सको ९.६८ प्रतिशतले बढेको छ।
यता जलविद्युत लगानी तथा विकास कम्पनीको शेयरमूल्य सबैभन्दा धेरै ४.२८ प्रतिशतले घटेको छ भने खानी खोला हाइड्रोपावरको ३.३५ प्रतिशत, गणपति माइक्रोफाइनान्सको ३.२६ प्रतिशत, सबैको लघुवित्तको २.९५ प्रतिशत र सोल्टी होटलको २.६४ प्रतिशतले घटेको छ।
बुधबार पनि नेपाल इन्स्योरेन्सको सबैभन्दा धेरै ३० करोड ४२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने एनएलजि इन्स्योरेन्सको २१ करोड ६९ लाख, नेश्नल हाइड्रोपावरको १८ करोड ७६ लाख, नेपाल पुनर्बीमा कम्पनीको १४ करोड ७६ लाख र ज्योति विकास बैंकको १३ करोड ८१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।