नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ५८ हजार १०० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ५७ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य यस दिन प्रतितोला १५ रुपैयाँले बढेको छ । यस दिन चाँदी प्रतितोला एक हजार ८७५ रुपैयाँमा किनबेच भईरहेको छ । सोमबारको बजार चाँदीको मूल्य प्रतितोला एक हजार ८६० रुपैयाँमा किनबेच भएको थियो ।