दुई दिनको वृद्धिपछि पुनः घट्यो नेप्से

Jun 11, 2025 03:14 PM Merolagani



बुधबार नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्लो दुई कारोबार दिन बढेर बन्द भएको नेप्से, यस दिन भने घटेर बन्द भएको छ।

यस दिन नेप्से परिसूचक १३.६९ अंक घटेर २६६४.४७ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ०.६८ अंक र फ्लोट इण्डेक्स ०.७३ अंक घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१२ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार १० अर्ब १६ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०७ स्टकको ८१ हजार ७०३ पटकको कारोबारमा ९ अर्ब ९० करोड ७० लाख ५ हजार रुपैयाँबराबरको २ करोड २० लाख ७५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन तीन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन बुटवल पावर कम्पनी, पियोर इनर्जी र सिनर्जी पावर डेभलपमेन्टको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन रिभरफल्स पावरको शेयरमूल्य करिब ८ प्रतिशत बढेको छ। कारोबारमा आएको सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य यस दिन सर्वाधिक ४.८३ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन राधी विद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६१ करोड ५७ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन सानिमा माइ हाइड्रोपावरको ५९ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने बुटवल पावर कम्पनीको करिब साढे ५८ करोडको शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक घटेको छ भने एक उपसमूहको परिसूचक बढेको छ। यस दिन जलविद्युत उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको वित्त, होटल तथा पर्यटन, अन्य र व्यापार उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी घटेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक भने स्थिर रहेको छ।




सुनको मूल्यमा भारि गिरावट

Jun 17, 2025 10:42 AM

असार ३ गते, मंगलबार, नेपाली बजारमा सुनको मूल्यमा भारि गिरावट भएको छ । यस दिन सुन प्रतितोला दुई हजार ५०० रुपैयाँले घटेको हो ।