झिनो अंक घट्यो नेप्से, कारोबार रकम भने बढ्यो

Jun 18, 2025 03:19 PM Merolagani



बुधबार नेप्से परिसूचक झिनो अंक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन सामान्य अंक घटेर बन्द भएको नेप्से, यस दिन झिनो अंक घटेर बन्द भएको हो।

यस दिन नेप्से परिसूचक १.०७ अंक घटेर २६५३.६८ विन्दुमा झरको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ०.०१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.११ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०६ अंक घटेको छ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन साढे ७ अर्बरुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१४ स्टकको ७८ हजार १३ पटकको कारोबारमा ९ अर्ब ८ करोड ५८ लाख ८६ हजार रुपैयाँबराबरको २ करोड ३४ लाख ४६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

पियोर इनर्जीको शेयर निरन्तर १२ औँ कारोबार दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सो कम्पनीको शेयरमूल्य १०९ रुपैयाँ ७० पैसा बढेर १ हजार २०७ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन जोशी हाइड्रोपावरको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने युनियन हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक १० प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन सानिमा माइ हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ७१ करोड ७८ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन सिंगटी हाइड्रो इनर्जीको करिब ६२ करोडको शेयर खरिदबिक्री भएको छ भने बुटवल पावर कम्पनीको ४५ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। यस दिन जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक सामान्य बढेको छ। कारोबारमा आएका विकास बैंक र होटल तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।