पूँजी बजारमा छिर्नुअघि ‘मेडिटेशन’ र योग, अध्ययन र विश्लेषण गर्ने क्षमताको विकास

Jun 11, 2019 RSS



आजकल पूँजी बजारलाई योगसँग जोडेर हेर्न थालिएको छ । पैसा कमाउन स्वस्थ्य हुनुपर्छ भन्ने मानसिकतामा शेयर बजारलाई योगसँग जोडिएको पूँजी बजारका लगानीकर्ताले बताएका छन् ।

“बजारले केहीमा तनाव सिर्जना भएको र केहीको मृत्युसमेत भएकाले बजारमा छिर्नुअघि ‘मेडिटेशन’ र योगसँगको निकटता बढ्न थालेको छ”, त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक फुलप्रसाद सुवेदीले भने ।

सफल नेपाल इन्भेष्टमेन्ट कम्पनीको सहकार्यमा सफल नेपाल इन्भेष्टमेन्ट कम्पनीले बुटवलमा आयोजना गरेको शेयर तथा वित्तीय साक्षरतासम्बन्धी कार्यक्रममा उनले योगाभ्यास गराउँदै बजारमा जानुअघि ‘मेडिटेशन’ले बजारको रणनीति र व्यवहारलाई नजीकबाट नियाल्न सकिने उल्लेख गरे । “हामी बजार बढ्दा उत्साहित देखिन्छौं तर बजार घट्दा निरुत्साहित हुन्छौँ”, उपप्राध्यापक सुवेदीले भने ।

योगाभ्यास मनसँग सम्बन्धित भएकाले स्वच्छता र स्थिरतासँग पनि सम्बन्धित भएकामा जोड दिँदै उनले जीवनलाई व्यवस्थित गर्ने ज्ञान सूत्रका रुपमा योगलाई लिन सकिने बताए । शेयर बजारमा आउने निराशा हटाउन र बजारको प्रवृत्तिको गहिरो विश्लेषण गर्ने क्षमताको विकासमा समेत योग र ‘मेडिटेशन’ले सहयोग पु¥याउने बताइएको छ ।

योगले जीवनशैलीलाई व्यवस्थित बनाउनाले बजारमा दीर्घकालीन लगानीको सकारात्मक सोच निर्माण हुन्छ र त्यसले नाफा गर्ने अवसर निर्माण हुने विश्वास छ ।

सफल नेपाल इन्भेष्टमेण्ट कम्पनीका प्रबन्ध निर्देशक माधव पाण्डेले प्रदेशमा धितोपत्र बोर्डको उपस्थिति नभएको र कार्यक्रम पनि केही नभएकाले देश सङ्घीयतामा गए पनि शेयर बजार सङ्घीयतामा जान नसकेको बताए ।

उनले लगानीकर्ता तनावमा हुने भएकाले योगाभ्यास र ‘मेडिटेशन’ सँगको विषय प्राथमिकतामा परेको उल्लेख गर्दै पाका लगानीकर्ताको अभाव पनि बजारमा देखिएको बताए । “बैंक प्रदेशस्तरमा व्यवस्थित हुन लागेका छन् तर धितोपत्र बोर्डको विषयमा जानकारी छैन”, उनले भने।

केही वर्षकै अवधिमा बुटवलमा पाँच ब्रोकर कार्यालय स्थापना भए पनि वित्तीय साक्षरता वा शेयर शिक्षासम्बन्धी कार्यक्रम आउन नसकेको बताइएको छ । बुटवलका लगानीकर्ता कृष्ण पौडेलले बजारको अध्ययन र विश्लेषण गर्ने क्षमताको विकास हन आवश्यक भएकामा जोड दिँदै शेयर शिक्षालाई योगसँग जोड्न आवश्यक भएको बताए ।

पूँजी बजारको ‘हब’का रुपमा विकास हुन लागेको प्रदेश नं ५ मा कूल नौ ब्रोकर (दलाल) कार्यालय छन् । तीमध्ये पाँच बुटवलमा, एक भैरहवा, एक दाङ र दुई नेपालगञ्जमा छन । बुटवलका ब्रोकर कार्यालयबाट दैनिक रु एक करोडको कारोवार हुँदै आएको छ ।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।