हिमालयन डिष्टिलरीले १०२ प्रतिशत लाभांश बाँड्ने

Nov 11, 2019 10:22 AM Merolagani



हिमालयन डिष्टिलरी (HDL) ले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई १०२ प्रतिशत लाभांश घोषणा गरेको छ। यसअघि ६८ प्रतिशतका दरले अन्तरिम लाभांश वितरण गरेको कम्पनीले अझै उच्च प्रतिफल घोषणा गरेको हो।

कम्पनी सञ्चालक समितिको बैठकले शेयरधनीलाई ५० प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित ५२.६३ प्रतिशत नगद लाभांश घोषणा गरेको हो।

सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्। हाल ३८ करोड ५६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको हिमालयन डिष्टीलरीको ५० प्रतिशत बोनस पश्चात ५७ करोड ८४ लाख रुपैयाँ पूँजी कायम हुनेछ।

कम्पनीले पुस १ गते कम्पनीको रविजष्ट्रार कार्यालय पर्सामा १९ औं वार्षिक साधारण सभा आह्वान गरेको छ। सभाका लागि मंसिर १५ गते आइतबार बुकक्लोज तोकेको छ । यसअनुसार मंसिर १२ गतेसम्म नेप्सेमा कारोबार भईं कायम रहने शेयरधनीले लाभांश प्राप्त गर्नुका सार्थ साधारण सभामा प्रतिनिधित्व जनाउन पाउनेद्धन्।

कम्पनीले गत आर्थिक वर्षमा ७५.४५ प्रतिशतले खुद नाफा बढाएर ५१ करोड ४९ लाख रुपैयाँ कमाएर १३३ रुपैयाँ प्रतिशेयर आम्दानी कायम गरेको थियो । मदिराजन्य पेय पदार्थ उत्पादन गरेर बिक्री वितरण गर्दै आएको कम्पनीको शेयरधनी कोषमा ९३ करोड भन्दा बढी छ ।

अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा बैंकले २१.०५ प्रतिशत नगद वितरण गरेको थियो।

कार्तिक २४ गते आइतबार दोस्रो बजारमा कम्पनीको शेयर प्रतिकित्ता एक हजार ५५५ रुपैयाँमा कारोबार भएको छ।

यस कम्पनीले गोल्डेन ओएक, ब्लाक ओएक रोयल ट्रिजर लगायतका ब्राण्डहरुको मदिरा उत्पादन तथा बिक्री गर्दै आएको छ।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।