ज्योति विकासले गर्यो बोनस शेयर वितरण गर्ने घोषणा

Dec 05, 2019 10:47 AM Merolagani



ज्योति विकास बैंकले गत आवको मुनाफाबाट लाभांश घोषणा गरेको छ। बैंकले गत आवको वितरण योग्य जगेडा तथा कोषबाट १२.७५ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो।

मंसिर १८ गते सम्पन्न बैंकको सञ्चालक समितिको बैठले सो दरमा बोनस वितरण गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो बोनस शेयर वितरण गरिनेछ।

बैंकले अघिल्लो आर्थिक वर्षमा ८.४० प्रतिशत नगद लाभांश मात्र वितरण गरेको थियो। चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा बैंकले १३ करोड ७९ लाख रुपैंया खुद नाफा आर्जन गरेको थियो।

सो अवधिसम्ममा बैंकको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ८१ पैसा, प्रतिशेयर नेटवर्थ १३१ रुपैयाँ ८ पैसा र मूल्य आम्दानी अनुपात ८.९३ गुणा कायम भएको थियो।




सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Jan 26, 2026 04:34 PM

सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।