नयाँ वर्षमा नयाँ अलटाइम हाइ रेकर्ड, कारोबार रकममा पनि सुधार

Apr 15, 2021 03:33 PM Merolagani



नयाँ वर्षको पहिलो कारोबार दिन नेप्सेले नयाँ अलटाइम हाइ रेकर्डसहित नयाँ वर्षलाई स्वागत गरेको छ।

गत वर्षको अन्तिम कारोबार दिन बनेको अलटाइम हाइ रेकर्डलाई तोड्दै नेप्सेले यस दिन नयाँ रेकर्ड कायम गरेको हो। गत मंगलबार २३.२३ अंक बढेर २७१४.७९ विन्दुमा बन्द भएको नेप्से यस दिन २०.६१ अंक बढेर २७३५.४० विन्दुमा पुगेर नयाँ रेकर्ड बनाएको हो।

यस दिन नेप्सेसँगै कारोबार रकममा पनि सुधार भएको छ। गत मंगलबार ७ अर्ब १४ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन साढे ८ अर्बभन्दा बढीको शेयर कारोबार भएको छ। यस दिन बजारमा २१८ कम्पनीको ९५ हजार ७३७ पटकको कारोबारमा ८ अर्ब ६३ करोड ६६ लाख ६८ हजार रुपैयाँ बराबरको १ करोड ९० लाख २० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

नेप्सेसँगै कारोबार रकममा पनि वृद्धि भएका कारण लगानीकर्ताहरुमा उत्साह छाएको छ।

बिहीबार ८ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन बेष्ट फाइनान्स कम्पनी, एनआईसी एशिया लघुवित्त, ज्योति लाइफ इन्स्योरेन्स, महिला लघुवित्त, ग्रीन डेभलपमेन्ट बैंक, छ्याङ्दी हाइड्रोपावर र कर्णाली डेभलपमेन्ट बैंकको शेयर सकारात्मक सर्किट लेभमा कारोबार भएको हो। कारोबारमा आएका मल्टीपर्पस फाइनान्स, नेशनल माइक्रोफाइनान्स र समिट माइक्रोफाइनान्सको शेयरमूल्य भने यस दिन ३ प्रतिशतभन्दा बढी घटेको छ।

साताको अन्तिम कारोबार दिन १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ भने बाँकी २ उपसमूहको परिसूचक घटेको छ। यस दिन विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ३.२१ प्रतिशत बढेको छ। त्यसैगरी, लगानी उपसमूहको परिसूचक यस दिन १.५७ प्रतिशत र बैंकिङ्ग उपसमूहको १.२२ प्रतिशत बढेको छ। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक भने यस दिन सर्वाधिक २.५३ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन एनआईसी एशिया लघुवित्त शीर्ष स्थानमा रहेको छ। सो लघुवित्तको यस दिन ४९ करोड ८९ लाख ६३ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन नेपाल इन्फ्रास्ट्रक्चर बैंकको पनि ४९ करोड ८७ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।




यी चार कारण जस्ले गर्दा बालेनले प्रधानमन्त्री बन्ने आँट गरेनन्

Sep 12, 2025 04:56 PM

जेनजी आन्दोलनका कारण सरकार ढलेपछि धेरैको ध्यान काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साहमाथि गयो । उनी नै प्रधानमन्त्री हुनेछन् भन्ने धेरैको अनुमान थियो । जेनजीमध्ये अधिकाँशको माग पनि त्यही थियो ।