एनसेल शेयर खरिदबिक्री प्रकरण: छानविनका लागि पाँच सदस्यीय उच्चस्तरीय समिति गठन

Dec 07, 2023 11:08 AM Merolagani



एनसेल शेयर खरिदबिक्री प्रकरणमा सरकारले छानविनको लागि पाँच सदस्यीय समिति गठन गरेको छ।

बिहिबार बसेको मन्त्रीपरिषदको बैठकले पूर्वमहालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा समिति गठन गरेको हो। समितिमा प्रधानमन्त्री कार्यालयका कानुन सचिव फणीन्द्र गौतम, अर्थ मन्त्रालयका सहसचिव रितेश शाक्य सदस्य छ ।

त्यस्तै सञ्चार मन्त्रालयका सहसचिव बाबुराम भण्डारी र नेपाल चार्टर एकाउन्टेन्ट संस्था आइक्यानका अध्यक्ष सुजनकुमार काफ्ले सदस्य छन्।

कम भ्यालुयसन गरि एनसेलको ८० प्रतिशत शेयर खरिदबिक्री भएको भन्दै सरकारले छानबिन प्रक्रिया अघि बढाएको हो ।

आजियाटाले एनआरएनए सतिशलाल आचार्यको बेलायती कम्पनी स्पेक्ट्रलाइट युकेलाई ५ करोड डलर अर्थात् ६ अर्ब ६० करोड रुपैयाँमा बिक्री गरेको थियो । एनसेल खरिद बिक्री प्रकरणमा संसदीय समिति, राजनीतिक वृत्त नै तातेको छ । कम मुल्य देखाएर कर छली गर्न खोजेको भन्दै सरकार एक्सनमा उत्रिएको हो ।

सरकारले एनसेलको सेयर खरिद बिक्री विवादबारे छानबिन गर्न गठन भएको समितिलाई ३० दिनको कार्यादेश दिएको छ । टंकमणि शर्मा नेतृत्वको ५ सदस्यीय छानबिन समितिलाई समग्र विषयमा अध्ययन गरी प्रतिवेदन बुझाउन ३० दिनको कार्यादेश दिइएको सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । 

 

यो पनि पढ्नुहोस् :