यसरी लाभांश वितरण गर्ने कम्पनीहरुमा महिला सहयात्रा लघुवित्त, मञ्जुश्री फाइनान्स, र हिमालयन डिष्टिलरीले नगद लाभांश तथा मुक्तिनाथ विकास बैंक र शाईन रेसुङ्गा डेभलपमेन्ट बैंकले बोनस वितरण गरेको हुन्।
गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरि साधारण सभा सम्पन्न गरिसकेका कम्पनीले आफ्ना शेयरधनीको खातामा नै उक्त लाभांश वितरण गरेका हुन्।
यी कम्पनीहरुले साधारण सभाका लागि शेयरधनी दर्ता पुस्तिका बन्द गरेको दिनसम्म हितग्राही खातामा बैंक खाता अद्यावधि भएका शेयरधनीलाई बोनस तथा नगद लाभांश वितरण गरेका जनाएका छन्।
हालसम्म पनि बैंक खाता अभौतिकीकरण नगराएका शेयरधनीले हितग्राही खाता खोली आफ्नो शेयर यथाशिघ्र अभौतिकीकरण गराई हितग्राही खातामा बैंकको खाताको विवरण अद्यावधिक गरेपछि खातामा नै नगद लाभांश जम्मा ती कम्पनीले जनाएका छन्।
महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था (MSMBS) ले पुस १६ गतेसम्म डिम्याट खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीलाई ८ प्रतिशत नगद लाभांश शेयरधनीको बैंक खातामा पठाएको छ।
लघुवित्तको माघ ५ गते सम्पन्न १२ औं वार्षिक साधारण सभाले शेयरधनीलाई ८ प्रतिशत अर्थात ९६ लाख ८० हजार रुपैयाँ बराबरको नगद लाभांश पारित गरेको थियो । लघुवित्त कम्पनीको शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल नक्साल रहेको छ।
यसैगरि मञ्जुश्री फाइनान्स (MFIL) को २.९० प्रतिशत नगद लाभांश पनि वितरण भएको छ। फाइनान्सले फागनु २ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीलाई वितरण गरेको हो । गत पुस १६ गते सम्पन्न ११ औं वार्षिक साधारण सभाबाट उक्त लाभांश पारित भएको थियो । फाइनान्सको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लाजिम्पाट रहेको छ ।
यस्तै मुक्तिनाथ विकास बैंक (MNBBL) को मंसिर २८ गते सम्पन्न १२ औं वार्षिक साधारण सभाले पारित गरेको १८.२५ प्रतिशत बोनस मंसिर ८ गतेसम्म शेयर डिम्याट गराएका शेयरधनीको खातामा पठाएको हो। बैंकको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लाजिम्पाट रहेको छ ।
शाईन रेसुङ्गा डेभलपमेन्ट बैंक (SHINE) ले गत असोज २८ गते सम्पन्न दशौं वार्षिक साधारण सभाले पारित गरेको चुक्ता पूँजीको १७.७० प्रतिशत बोनस शेयर असोज १५ गतेसम्म डिम्याट गरेका शेयरधनीको डिम्याट खातामा पठाएको छ ।
असोज १५ गतेपछि शेयर अभौतिकरण गराएका शेयरधनीको बोनस पनि क्रमशः जम्मा गरिने बैंकले जनाएको छ। उक्त २४ लाख ४० हजार ४९८.६० कित्ता बोनस शेयर नेप्सेमा फागुन ६ गते सूचीकृत भएको थियो। गत असोज १५ गतेसम्म कायम शेयरधनीले मात्र बैंकको बोनस पाउनेछन्। शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लाजिम्पाट रहेको छ।
हिमालयन डिष्टिलरी (HDL) को २१.०५ प्रतिशत नगद लाभांश फागुन ६ गतेदेखि वितरण थालेको छ। कम्पनीको गत पुस २५ गते सम्पन्न १८ औं वार्षिक साधारण सभाबाट उक्त लाभांश पारित भएको थियो। कम्पनीले गत पुस ४ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीलाई लाभांश वितरण गरेको हो ।
कम्पनीको शेयर रजिष्ट्रार नबिल इन्भेष्टमेन्ट एण्ड बैंकिङ्ग नारायणचौर नक्साल रहेको छ । अघिल्ला वर्षहरुको लाभांश लिन बाँकी शेयरधनीलाई पनि कम्पनीको सम्पर्क कार्यालय जावलाखेलबाट संकलन गर्न भनेको छ।
सम्बन्धित अन्य समाचारहरू:-