१७९ कम्पनीको शेयरमूल्य बढेसँगै ३३ अंक बढ्यो नेप्से

Jan 20, 2022 03:32 PM Merolagani



साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक उकालो लागेको छ। पछिल्लो दुई कारोबार दिनदेखि करेक्सनमा रहेको नेप्से, यस दिन भने बढेर बन्द भएको हो।

यस दिन नेप्से परिसूचक ३३.०३ अंक बढेर २९३१.३४ विन्दुमा पुगेको छ। कारोबारमा आएका २२९ कम्पनीमध्ये १७९ कम्पनीको शेयरमूल्य बढेसँगै नेप्सेले यस दिन सो बराबरको अंक कमाएको हो।

त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ४.०९ अंक, फ्लोट इण्डेक्स २.३२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४१ अंक बढेको छ। यस दिन २२९ कम्पनीको ७५ हजार ५८२ पटकको कारोबारमा ५ अर्ब ७७ करोड ३१ लाख २० हजार रुपैयाँ बराबरको १ करोड ५९ लाख ८९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन तीन कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन मैलुङ्ग खोला जलविद्युत कम्पनी, तेह्रथुम पावर कम्पनी र बुद्धभूमि नेपाल हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लभेलमा कारोबार भएको हो। त्यसैगरी, यस दिन न्यादी हाइड्रोपावरको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ भने गुराँस लाइफ इन्स्योरेन्सको शेयरमूल्य करिब ८ प्रतिशत बढेको छ।

बिहीबार १३ उपसमूहको परिसूचकमध्ये २ उपसमूहको परिसूचक घटेको छ भने बाँकी ११ उपसमूहको परिसूचक बढेको छ। जसमध्ये विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ३.३६ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन वित्त उपसमूहको परिसूचक ३.०४ प्रतिशत बढेको छ भने, जलविद्युत, लगानी, जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन बैंकिङ्ग र म्युचुअल फण्ड उपसमूहको परिसूचक घटेका छन्।

कारोबार रकमका आधारमा यस दिन आईएमई जनरल इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। यस दिन सो कम्पनीको २२ करोड २० लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन अपि पावरको १८ करोड र शिखर इन्स्योरेन्सको साढे १७ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।




गंगा दाहालको घरमा फेला परेकाे शव कसकाे हाे ?

Sep 10, 2025 01:42 PM

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'की छोरी गंगा दाहालको घरमा शव फेला परेको छ। तर शव कसकाे हाे सनाखत हुन नसकेकाे प्रहरीकाे भनाइ छ ।